घुस रकम सहित फार्मेसी अधिकृत नियन्त्रणमा

५ बर्ष अगाडि

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गरेका आरोपमा फार्मेसी अधिकृतलाई नियन्त्रणमा लिएको छ । विराटनगर स्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई आयोगले   नियन्त्रणमा लिएको हो ।

सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका  घुस माग गरेको भन्ने सूचना प्राप्त हुनसाथ आयोगको कार्यालय इटहरीबाट गएको टोलीले अधिकृत सुवेदीलाई सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया