अपरिचित व्यक्तिबाट ढुङ्गा प्रहार, ५० वर्षीय एक पुरुषको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ महानरगपालिका–१४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यता ललितपुर महानगरपालिका–१८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया