श्रीमति, छोरीसँगै छिमेकीमाथि खुकुरी प्रहारपछि आत्महत्या

५ बर्ष अगाडि

काठमाडौं - इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरमाथि खुकुरी प्रहार गरेका छन् । 

खुकुरी प्रहारपछि उनले झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४ बजेतिर ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई खुकुरी प्रहार गरेका थिए । 

टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया