मिथिला लघुवित्तको साधारण सभा चैत २९ गते, बोनस प्रस्ताव कति ?

५ बर्ष अगाडि

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाम, धनुषामा बिहान ११ बजे शुरु हुने भएको हो ।  कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि०.६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया