आइतबार देशभरको मौसम कस्तो रहने ?

५ बर्ष अगाडि

काठमाडौं, आइतबार पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया