दलको निर्देशन भन्दा बाहिर जादिन : वामदेव

५ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू दलको निर्देशन भन्दा बाहिर नजाने बताएका छन् । 

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप पनि नलाग्ने बताएका हुन् ।

साथै उनले आफू संसद् विघटन र अविश्वासको प्रस्ताव कतैपनि नलागी पार्टी एकता जोगाउन लागिपरेको बताए । उनले भने, ‘म कतै लागिनँ । पाटी एक बनाउन लागेँ, कहिले कसैलाई बढी र कसैलाई कम भने हुँला’, उनले भने ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि आफू खुशी भएको पनि गौतमले सम्झिए । ‘पार्टी राजनीतिक रुपमा र व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुटाउन नसकेको मात्रै थियो’, उनले भने ।

५ बर्ष अगाडि

प्रतिक्रिया