फ्रान्समा ‘लकडाउन’ !

५ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीवार ‘लकडाउन को घोषणा गरेका हुन् । 

उनले बिहीवार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिलेभन्दा पनि झन् बढेका स्थानहरुमा  लकडाउन गरिएको बताएका छन् ।

उनले बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियम लागु गरेका हुन् । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करीब चार महीनाअघि मात्र दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए । 

तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया