राजीनामा घोषणा नहुँदै नयाँ महान्यायधिवक्ता नियुक्त

५ बर्ष अगाडि

काठमाडौं । निवर्तमान महान्यायधिवक्ता अग्नि खरेलले राजीनामा दिएको घोषणा गर्न नपाउँदै सरकारले अधिवक्ता रमेश बडाललाई महान्यायधिवक्ता नियुक्त गरेको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्त गरेकी हुन् । 

खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका छन, तर त्यसअघि नै बडाल महान्यायधिवक्ता नियुक्त भइसकेको स्रोतले जनाएको छ । 

नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचन लडेका बडाल प्रधानमन्त्रीले संसद विघटन गरेको मुद्धामा प्रधानमन्त्रीको पक्षमा लागेका थिए । उनी प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा निर्वाचन आयोग समेत जाने गरेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया