काठमाडौं । काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको रकम लुटनका लागि एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले २२ वर्षीय दिलसाद आलमलाई पक्राउ गरेको हो ।
उनी भारतको गोरखपुर घर भर्इ हाल काठमाडौंको ठमेल बस्दै आएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा देखे पछि ड्युटीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया