काठमाडौं - १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१५ महादेव चोकका ६० वर्षीय मेघराज सन्जेल पक्राउ परेका हुन् ।
सन्जेलले ती बालिकालाई मंगलवार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहजीले जानकारी दिएको छ ।
प्रतिक्रिया