पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको दक्षिण झिटकैया निवासी ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ३४२५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना.६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करले गम्भीर घाइते भएका मन्सुरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया