काठमाडौं - काठमाडौं उपत्यकामा गएको तीन महिना मात्र हुन्डी कारोबारको अभियोगमा १७ जना पक्राउ परेका छन् ।
यसै कारण पछिल्लो समय हुन्डी कारोबारको अभियोगमा मानिस समातिने क्रम बढेकाले यसको कारोबारी सक्रिय रहेको देखिएको हो ।
फागुनको तेस्रो साता मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कुलेश्वर फलफूल बजारबाट १८ लाख ७८ हजार रुपैयाँ सहित तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल कुलेश्वर स्थित कान्तिपुर कोलोनीमा बस्ने कुलेश्वर फलफूल बजारका फलफूल पसल सञ्चालक वर्ष ३७ का नवराज कार्की, नुवाकोटकै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने कार्कीको पसलका कामदार वर्ष २४ का सुमन थापा र भारतको विहार राज्य बेतिया जिल्ला घर भई कुलेश्वर बस्ने वर्ष ५६ का सत्य नारायण प्रसाद रहेका थिए ।
पौष महिनादेखि अहिलेसम्म १७ जना हुन्डी कारोबारी पक्राउ गरिसकेको र प्रहरी हुन्डी कारोबार नियन्त्रण गर्न सक्रिय रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
तीन महिनाको अवधिमा २ करोड ५१ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ ।
प्रतिक्रिया