एक पुरुषलाई  ब्ल्याकमेलिङ गरी ३ लाख बढि पैसा लिने दुई महिला पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - भिडियो बनाई म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गर्ने दुइ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भई काठमाडौं घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही र सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने ३७ वर्षीया कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत् लाखौं रुपैयाँ लिएको प्रहरीले जनाएको छ । 

संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिईसकेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 
 
साथै लालसरी र कल्पनाले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाललाई फसाउने नियतले उनी विरुद्ध २०७७ असोज ६ गते जबरजस्ती करणी मुद्दामा दिएको जाहेरी झुठ्ठा ठहरीएकोले लालसरीउपर जिल्ला अदालत सुर्खेतबाट ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको थियो ।  

उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया