सेवाग्राहीबाट घूस लिइरहेको अवस्था मालपोतका एक कर्मचारी पक्राउ

५ बर्ष अगाडि

कञ्चनपुर - मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशी रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।

जोशीले सेवाग्राहीबाट २४ हजार घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।  सेवाग्राहीबाट कित्ताकाट गरेबाफत लोकराजले घूस लिएको खुलासा भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया