काठमाडौं - आर्मी हेडक्वार्टर भद्रकाली नजिकैको आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको छ ।
आगो फैलिएपछि नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र काठमाडौं महानगरपालिकाका दुईवटा दमकल परिचालित भएका छन् ।
आगो अहिले नियन्त्रणमा आएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया