काठमाडौं - अमेरिकी डलर साट्ने भन्दै दुई जना व्यत्तिले एक जनाको ९ लाख बढि ठगि गरेका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका ९ खरीढुङ्गाबाट बाग्लुङ गल्कोट नगरपालिका ३ हटिया बस्ने ३० वर्षीय पुरुषको ९ लाख ५० हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको हो ।
करिब ३० वर्षीय बिजय गुरुङ नाम बताउने पुरुष समेत २ जनाले अमेरिकी डलर २२ हजार ५ सय छ भन्दै फोन मार्फत डलरसँग साट्नको लागि बोलाई साथमा ल्याएको उक्त नगद ठगी गरी अमेरिकी डलर नदिई फरार भएको बताइएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया