काठमाडौं - कोरोना भाइरस संक्रमित भइ होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु ५ हजार रुपैयाँ दिन सुरु गरिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरूप उक्त रकम दिन सुरु गरेको हो ।
गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरूप रु। ५ हजार वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बसिसकेका १८ जनालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले उपलब्ध गराइएको जनाइएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार हुने अनुमानसहित नगरपालिकाले उनीहरूका लागि पोषण भत्तास्वरूप रु। ५० लाख बजेट विनियोजन गरेको छ ।
अहिलेसम्म नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या एकसयको हाराहारीमा रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया