काठमाडौं, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जारी रु ६६ करोड बराबरको सर्वसाधारण समुहको शेयर प्रारम्भिक निष्काशन गरेको मध्ये ५ प्रतिशत (३,३०,००० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (३,३०,००० कित्ता) सामुहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्दा १८,४२,४९६ आवेदकहरुबाट ३,८४,८६,२२० कित्ता आवदेन परेको छ ।
यो आवेदन हालसम्मकै उच्च रहेको कुरा जानकारी गराउँदै कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्री ले कम्पनी प्रति देखाउनु भएको दृढ विश्वास प्रति कम्पनी र आफु आभार रहेको कुरा जानकारी गराएका छन् । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरु माझ पु¥याएको सेवा सुविधा, कम्पनीको भौतिक तथा अर्थिक ब्यावस्था, पुनर्बीमा व्यवस्थापन तथा सम्पुर्ण व्यवस्थापनको निरक्षण पश्चातले गरेको मुल्याङ्कनको आधारमा ज्योति लाईफले ऋचभमष्त च्बतष्लन(द्यद्यद्य प्राप्त गरेको थियो । उक्त रेटिङको आधारमा ज्योति लाईफको वित्तिय दायित्व बहन क्षमता र क्रेडिट जोखिमको बहन क्षमता मध्यम रहेको कुरा बुझिन्छ ।
प्रतिक्रिया