७८ वर्षीया वृद्धालाई बलात्कार गर्ने युवक ३ वर्ष जेलमा

५ बर्ष अगाडि

काठमाडौं -  ७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङले जनाएको छ । 

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया