८ वर्षीया नातिनी बलात्कार गर्ने ५६ वर्षीय बाजे अब आजीवन कारावासमा

५ बर्ष अगाडि

काठमाडौं - आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबालाई जिल्ला अदालत उदयपुरले आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले ८ वर्षीया नातिनी बलात्कारको कसुरमा ५६ वर्षीय बाजेलाई आजीवन कारावाससहित ४० हजार रुपै्रयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको हो । 

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया