काठमाडौं - बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । एक करोड ८५ लाख जरिवाना भएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।
झापा घर भई काठमाडौं महानगरपालिका-४ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानाले २०७५ असार २ गते पैसा नभएको खाताबाट चेक काटेर उर्मिलालाई दिएका थिए ।
त्यसपछि उर्मिला कँडेलले ढुंगानाविरूद्ध प्रहरीमा बैंकिङ कसूरको मुद्दामा जाहेरी दिएकी हुन् । सो मुद्दामा उच्च अदालत पाटनले २०७७ माघ ५ गते ढुंगानालाई एक महिना कैद र एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो ।
प्रतिक्रिया