१ लाख १८ हजार बढि नगद सहित तास खेल्ने ८ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित ८ जना पक्राउ परेका छन् ।

नुवाकोटको विदुर नगरपालिका-४ ताति बस्ने रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका-१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी सहित अन्य ७ जना रहेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया