काठमाडौं- रोल्पामा एक युवकको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ। मंगलबार साँझ परिवर्तन गाउँपालिका६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो।
साँझ ८ः१५ बजे अपरिचित ३ जना व्यक्तिले गिरीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी बताए । नयाँ घरको बार्दली बनाई बस्दै आएको घर जाँदै गरेका बेला गिरीको हत्या भएको हो। घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।
बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए। हत्यामा संलग्न सबै फ्रहार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ।
प्रतिक्रिया