काठमाडौं - आजबाट नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ९बुधबार० ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सुरु गर्दै छ । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला हुन लागेको हो ।
ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने आयोजकले यसअघि नै जानकारी दिइसकेको छ ।
जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेतारकार्यकर्ता उतार्ने दाबी गरेको नेपाल पक्षले त्यसका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
नेकपा नामबारे विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बदर र यसमा मिसिएका पहिलेकै पार्टी एमाले र माओवादी केन्द्र कायम गरेको छ ।
त्यस लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसका छन् ।
प्रतिक्रिया