काठमाडौं - २७ वर्षीय युवतीलाई बलात्कार गर्ने ९४ वर्षीया वृद्ध पक्राउ परेका छन् । सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका–१३ बिसौनाका हीराबहादुर घर्ती पक्राउ परेका हुन् ।
उनी जंगलमा रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले भोलिपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन । घर्तीलाई सामान्य रुघाखोकी लागेकाले चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ ।
घर्तीलाई प्रहरीले फागुन २२ मा पक्राउ गरेर भोलिपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी म्याद थपेको थियो ।
अहिले उनको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया