लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

५ बर्ष अगाडि

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आज बिहान प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावा ६ बस्ने १९ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ बेलाजितपुर १५ बस्ने २६ वर्षीय सुवासकुमार यादब रहेका छन्। 

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीबाट डाइजेपाम चार सय ९५ एम्पुल, नुफिन पाँच सय एम्पुलफेनारगन दुई सय ९५ एम्पुल बरामद गरेको हो ।
 

 

५ बर्ष अगाडि

प्रतिक्रिया