काठमाडौं- छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
घाँस काट्न भनि जंगल गएकोमा घर फर्की नआएपछि आफन्तहरुले खोजी गर्ने क्रममा मकवानपुर, बागमती गाउँपालिका–५ बस्ने ८७ वर्षीय दमाई सिं थिंङ सोही ठाउँस्थित लिला बनमा मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित उक्त बनमा डढेलोमा परी मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस्तै ,सुर्खेत, पञ्चपुरी नगरपालिका–११ ताउलेस्थित कर्णाली नदीमा निर्माणाधीन पुलमा क्रेन चालकका रुपमा काम गर्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय काजिमान गोले मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, बाजुरा, त्रिबेणी नगरपालिका–३ प्रभुता बस्ने १८ बर्षीया प्रियंका शाही आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परकी छिन् ।
प्रतिक्रिया