प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका, स्युचाटारस्थित गौतम गाउँका सूर्यप्रसाद गौतमको घरमा भाडामा बस्ने आङ्जु शेर्पा रहेका छन् । कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठाबाट लुकाइछिपाई अवस्थामा राखेकोविभिन्न पाँच किसिमका ३ हजार २ सय ६८ थान लागूऔषध र बा ८९प २३४१ नं को मोटरसाइकल समेत बरामद गरेको छ ।
सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका ११ घर भएका ३६ वर्षीय शेर्पा स्युचाटारमा डेरामा बस्दै आएका थिए ।
बरामद लागूऔषधमा डाइजेपाम एम्पुल ६ सय ८२ थान,फनरागन एम्पुल ७ सय ८६थान,लुपिजस एम्पुल १ सय ८० थान,नुफिन एम्पुल ४ सय २० थान,नाईट्राभ्याट ट्याबलेट १२ सय थान छन् ।
लागूऔषधसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटी ल्याएर अनुसन्धानमा राखिएका शेर्पाको साथमा रहेको मोबाइल २ थान,नगद ६० हजार र सुन जस्तो देखिने धातुको १ थान औंठी पनि प्रहरीले बरामद भएको जनाइएको छ ।
प्रतिक्रिया