वीरगञ्ज । पर्साको केबीआई इँटा उद्योगका मालिक कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका छन् ।
सखुवा पर्सौनी गाउँपालिका –२ का ५० वर्षीय मियाँ भट्टा हेर्न गएको बेला खसेर घाइते भएका हुन् ।
वीरगञ्ज महानगरपालिका– ३१ बेलवामा रहेको सो इँटा उद्योगको भट्टामा परेर मियाँको ५० प्रतिशत शरिरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डीएसपी० ओमप्रकाश खनालले जानकारी दिए ।
उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खनालले बताए । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया