बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला

५ बर्ष अगाडि

काठमाडौं- सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको हो।

बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। 

श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन्। आफ्नै कोठामा सन्तोषीको हत्या टाउकोमा ह्याम्मरले हानेर भएको प्रहरीले जनाएको छ।

त्यसपछि बोरामा शव प्याक गरेर घर नजिकै फालिएको अवस्थामा शव फेला परेको हो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। प्रहरीले आशंका गरेका सन्तोषीका श्रीमानको खोजी भइरहेको एसएसपी सिंहले बताए।

५ बर्ष अगाडि

प्रतिक्रिया