काठमाडौं - ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाहीमा परेका छन् ।
स्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा ८५० सवारी साधनलाई कारवाही गरी रु। पाँच लाख १० हजार राजश्व सङ्कलन गरेको हो ।
ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टकाले जनाएको छ ।
ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको बताइएको छ ।
प्रतिक्रिया