काठमाडौं- पर्सामा १७ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनी पटक पटक बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् ।
वीरगंजस्थित एक लजमा लगि पटक(पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका १० बेहरा टोल बस्ने रमेश हजरा पासवानलाई गत शुक्रवार पक्राउ गरेको हो ।
ती युवक माथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया