काठमाडौं – याक एन्ड यति होटेल कम्पनीले दुई आर्थिक बर्षको साधारण सभा एकै पटक गर्ने भएको छ । कम्पनीले आगामी चैत २७ गते आव २०७५÷७६ र २०७६÷७७ को साधारण सभा एकै पटक गर्न लागेको हो ।
सो दिन ३ बजे कम्पनी रजिष्टर्ड कार्यालय दरमार्गमा हुने बताइएको छ । सभामा औपचारिक तथा समसामायिक प्रस्तावमा छलफल हुने बताइएको छ ।
बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बिशेषगरि कोरोना कारण कम्पनीले गत बर्षमा साधारण सभा गर्न पाएको थिएन । त्यसपछि अहिले दुवै आवको साधारण सभा एकै पटक गर्न लागिएको हो ।
प्रतिक्रिया