काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पक्षका नेताहरुको बैठक बोलाएका छन् । गौतमले मंगलबार बिहान बल्खुमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
साथै पछिल्ले विकशित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय लिने पनि जनाइएको छ । उपाध्यक्ष गौतमले यस अघि प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गरेका थिए ।
गत शुक्रबार प्रधानमन्त्री ओलीले महासचिवबाहेकका सबै पद खारेज गरेका थिए । त्यस्तै प्रधानमन्त्री अोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी पनि खोसेका थिए ।
उनले आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेपछि नेपाल पक्ष रुष्ट बन्दै आइरहेको छ ।
प्रतिक्रिया