काठमाडौं - बालिका बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् ।
थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया