माओवादी केन्द्र : ४ हजारको केन्द्रीय कमिटी अब २ सय मात्र

५ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी २ सयमा झरेको छ । २०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

 तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको बताइएको छ । 

अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुने पनि बताइएको छ । निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक आज बिहान ११ बजे बस्दैछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया