काठमाडौं - नागरिक लगानी कोषको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कोषले फागुन २१ गते शुक्रबारदेखि लिलामीमा राखेको साढे ३ लाख ५४ हजार १५० कित्ता सर्वसाधारण समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कोषले यसबाट न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार १२० रुपैयाँ छ ।
लिलामीको शेयरमा लगानीकर्ता (इच्छुक व्यक्ति तथा संस्था) ले चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया