सिरहा बम विस्फोट : जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो जिम्मा

५ बर्ष अगाडि

काठमाडौं - सिरहा बम घटनको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । 

एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे योभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ । 

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ । 

आज सिरहाको मालपोत कार्यालयमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए  । उक्त दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया