महालक्ष्मी विकास बैंकमा नयाँ सीईओ

५ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । आज सम्पन्न सञ्चालक समितिको बैठकले बैंदेवकोटालाई सीईओमा  नियुक्त गरेको हो ।

महालक्ष्मीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर आउने सुनिश्चित भएसँगे उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए । 

सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आवद्ध रहेका देवकोटा २०७६ बैशाख १ गतेदेखि सिटिजन्समा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिटिजन्सअघि उनी नेपाल बैंकमा कार्यरत थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया