८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६६ वर्षीया वृद्धा पक्राउ

५ बर्ष अगाडि

मोरङ - रतुवामाई नगरपालिका–४ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  ६६ वर्षीया वृद्धा पक्राउ  परेका छन् । 

प्रहरीले बलात्कारको आरोपमा स्थानीय फौदिलाल मुखियालाई पक्राउ गरेको हो । 

शुक्रबार घाँस काट्न गएकी बालिकालाई मखियाले बलात्कार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । 

साँझ घरमा आएपछि दुई जना बहिनीले आमालाई जानकारी गराएपछि घटना बाहिरिएको राईले बताए ।

‘पीडित बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि मुखियालाई पक्राउ गरी आइतबार जिल्ला अदालत मोरङबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गराइ अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर अहिले कोशी अस्पतालमा उपचार भइरहेको छ ।’
 

५ बर्ष अगाडि

प्रतिक्रिया