काठमाडौं - नारायणहिटी दरबार सङ्ग्रहालयको सिनेमा हल खुलाइने भएको छ । तत्कालीन राजपरिवारले हेर्ने गरेको उक्त सिनेमा हल खुलाइने भएको हो ।
सङ्ग्रहालय अवलोकनकर्ताले सिनेमा हलप्रति चासो देखाएका कारण सो हल खुला गर्न लागिएको बताइएको छ । सङ्ग्रहालय हेर्न आउने अवलोकनकर्तालाई सिनेमा तथा डकुमेन्ट्री देखाइने गरि हल खुलाइने बताइएको छ ।
सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द रहेको थियो । छिट्टै सिनेमा हल खुलाउन तयारी गरिरहेको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
तत्कालीन राजपरिवारले हलमा स्वदेशी,विदेशी नयाँ पुराना फिल्म, डकुमेन्ट्री र राजपरिवारसँग सम्बन्धित फिल्म तथा भिडियो हेर्ने गरेका थिए । हलमा ११६ वटा सिट रहेका छन् ।
प्रतिक्रिया