तीन स्थानीय तहमा सार्वजानिक बिदा

५ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको तीन स्थानीय तहले ग्याल्पो लोसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन् । मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो लोसारमा सार्वजानिक बिदा दिएका हुन् । 

शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो लोसारको दिन सार्वजानिक बिदा दिएको मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर तुम्बाहङ्फेले बताए । ताप्लेजुङको मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँ पालिकामा शेर्पाहरुको बाहुल्य छ । 

बौद्ध धर्मावलम्बीको पर्र्व ग्याल्पो लोसार मान्यताअनुरूप हिमवत्खण्डबाट शुरु भएको ‘च्या लो’ ९चरा वर्ष० लाई बिदा गरी ‘खि लो’ (कुकुर वर्ष) मनाइँदै  आएको छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ । 

शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए । लोसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन् । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना ९गुथुक०, खप्स र फलफूल खाएर आफ्ना आफन्तलाई शुभकामना दिने गरेको शेर्पाले दिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया