मालपोत कार्यालयमा बम बिस्फोट,दुईको अवस्था गम्भीर

५ बर्ष अगाडि

काठमाडौं-  सिराहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब पौने १ बजेतिर  बम विष्फोट भएको छ ।

उक्त बम विष्फोटनमा परी आधार दर्जन मानिस घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी डा। तपन दाहालले जानकारी दिए ।

विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । प्रहरीका अनुसार विष्फोट भएको बम कुकर बन हुनसक्ने प्रहरीको अनुमान छ ।  आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया