काठमाडौं- भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएको २१ लाख ३६ हजार ४ सय २ रुपैयाँ बरावरको सामाग्री सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भजनी नगरपालिका ५ लौवास्ताबाट पक्राउ गरेको हो । उनीहरु साथबाट प्रहरीले २ हजार ५ सय ९७ पिस सुट, ५० थान दरी र ५ सय ४८ मिटर कपडा सहित वरामत गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ५ बस्ने ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङ रहेको प्रहरीले जनाएको छ।
उजुरीको आधारमा प्रहरीले से १ त १५७६ नम्बरको ट्याक्टरमा जाँच गर्ने क्रममा उक्त सामान सहित फेला पारी ट्याक्टर चालक रतिराम र उक्त कार्यमा सहयोग पुर्याउने प्रदिपलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । बरामद सामान, ट्याक्टर र मोटरसाइकल सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया