कांग्रेस सरकारमा जान्छ : शेखर कोइराला

५ बर्ष अगाडि

काठमाडौं - कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताएका छन् । 

प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने बताए । 

साथै अब आउने सरकारको काम अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य भएको बताए । सर्वोच्चको निर्णयले एमाले–माओवादी छुट्याइ दिएको र त्यसपछि राजनीतिक अवस्था झनै बिग्रेर गएको पनि उनले बताए । 

विप्लव र रेशम चौधरी दुवै गलत गतिविधिमा संलग्न रहे पनि सत्तासाझेदारीको उद्देश्यले विप्लवलाई छुटकारा दिएको र चौधरीलाई पनि छोड्ने प्रयत्न भइरहेको कोइरालाले बताए । 

आउने कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने समेत कोइरालाले बताए  ।

५ बर्ष अगाडि

प्रतिक्रिया