१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ३ जना फरार

५ बर्ष अगाडि

काठमाडौं - कञ्‍चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेर ३ जना युवा फरार भएका छन् । 

शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका अनुसार बालिका कलम किन्‍न घरबाट करिब ४ सय मिटरको दूरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको हो । 

बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुल्न सकेको छैन ।धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया