बाहिरी चक्रपथ कार्यान्वयन गर्न माग

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ उपत्यकाको यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको छ । 

शुक्रबार सम्पन्न भएको जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभाले यस्तो नियर्णय गरेको हो ।  सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी सभाले अनुगमन कार्यविधि २०७५ पहिलो संशोधन स्वीकृत गरेकोे छ भने भक्तपुर जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्रीवितरण प्रक्रियाको अनुगमन, नियमनसम्बन्धी कार्यविधिलाई सभाले अनुमोदन गरेको छ । 

सभाले आव २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्नुका साथै कार्यालयमा रहेका जिन्सी मालसामान मिनाहा र लिलामका लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । 

विभिन्न समयदेखि रहेको बेरुजुलाई नियमानुसार नियमित गर्ने, विभिन्न स्थानीय तह, सामाजिक संस्था र वडा कार्यालयलाई हस्तान्तरण भएका सामानको अनुमोदन गर्ने र दोस्रो जिल्लासभा पछि भएका कामको अनुमोदन गर्ने निर्णय गरेको छ । 

    

५ बर्ष अगाडि

प्रतिक्रिया