जर्बजस्ती करणीको आरोपमा ३ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - जर्बजस्ती करणी र करणी  प्रयास गरेको आरोपमा तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ का १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका-४ का १९ वर्षीय अविशेक दास रहेका छन् । 

छुट्टाछुट्टै घटनामा संलगन रहेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको साथै थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप लागेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया