आज उपत्यकाका यी ठाउँहरुमा बत्ती आउँदैन !

५ बर्ष अगाडि

काठमाडौं - आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बत्ती जाने भएको छ ।  जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा ६ घण्टा बत्ती जाने भएको हो । 

जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० बजेदेखि  दिउँसो ४ बजेसम्म लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

यस्तै बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काटिने छ ।

दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया