काठमाडौं- न्यायपरिषद्ले सर्वोच्च अदालतमा र उच्च अदालतमा गरि २० जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ। न्यायपरिषद्ले आज (शुक्रबार) सर्वोच्चमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा श्रीकुमार चुडाल र नहकुल सुवेदीलाई आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । हाल चुडाल उच्च अदालत पाटनमा र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत छन्।
नायव महान्यायाधीवक्ता नारायण प्रसाद पौडेल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
यस्तै , जिल्ला अदालत तनहुँका जिल्ला न्यायाधीश जगतनारायण प्रधान, म्याग्दीका माधवेन्द्र रेग्मी, काभ्रेपलाञ्चोकका पुरुषोत्तम प्रसाद ढकाल, कपिलवस्तुका विष्णु सुवेदी, सुनसरीका अर्जुनप्रसाद कोइराला, झापाका अमृतबहादुर बस्नेत र मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेल पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
न्याय सेवाका रा।प प्रथम श्रेणीका अधिकृतहरुबाट दुई जना सिफारिस भएका छन्।
उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासका रजिस्ट्रार रामेश्वर रेग्मी र सर्वोच्च अदालतकी सहरजिस्ट्रार ममता खनाल सिफारिस भएका हुन्।
प्रतिक्रिया